बाँदर धपाउन राखेको पासोले नै लग्यो कमलाको ज्यान

२०८३ असार ०५ गते

बाँदर धपाउन राखेको पासोले नै लग्यो कमलाको ज्यान

पनौती । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१२, महाभिरमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ ।

असार ५ गते शुक्रबार दिउँसो करिब ३स्०० बजे स्थानीय रामशरण मुल्मीकी श्रीमती ६८ वर्षीया कमला मुल्मीको आफ्नै बारीमा काँक्रो खेतीको गोडमेल गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement:

Ad
Ad

प्रारम्भिक जानकारी अनुसार बाँदरको उपद्रव धेरै हुने भएकाले काँक्रो बारीमा करेन्ट जडान गरिएको थियो । सोही करेन्टको सम्पर्कमा आउँदा उहाँको ज्यान गएको बताइएको छ ।


घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी निरीक्षकको नेतृत्वमा अधिकृतसहितको टोली घटनास्थलमा पुगेको थियो ।

आवश्यक मुचुल्का प्रक्रिया सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।