२०८३ असार ०५ गते
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै पत्र पठाएको छ। बोर्डको सुपरिवेक्षण विभागले बोर्डमा धितोपत्र दर्ता गराएका सम्पूर्ण संगठित संस्थालाई सम्बोधन गर्दै असार ३ गते बुधबार पत्र पठाएको हो।
सहायक निर्देशक बिमला पाठकको हस्ताक्षर रहेको उक्त पत्रमा वित्तीय विवरण तथा मूल्य संवेदनशिल सूचनाहरू तयार पार्दा र प्रकाशन गर्दा आवश्यक सतर्कता अपनाउन भनिएको छ । लगानीकर्ताको लगानीमा प्रत्यक्ष असर पार्ने मूल्य संवेदनशिल सूचना तथा वित्तीय विवरणहरू तयार तथा प्रकाशन गर्दा आवश्यक सतर्कता अपनाउन बोर्डले भनेको छ।
वित्तीय विवरण तथा मूल्य संवेदनशिल सूचनाहरू प्रकाशन गर्दा कतिपय सुचिकृत संगठित संस्थाहरूले प्रकाशित गरेको सूचनामा भुलबस त्रुटी भएको भनी भुल सुधारको सूचना प्रकाशन गर्ने गरेको देखिएकोले सतर्कता अपनाउन भनिएको बोर्डले जनाएको छ ।
पत्रमा भनिएको छ ‘उपर्युक्त सम्बन्धमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ मा भएको व्यवस्था बमोजिम वित्तीय विवरण तथा मूल्य संवेदनशिल सूचनाहरू प्रकाशन गर्दा कतिपय सुचिकृत संगठित संस्थाहरूले प्रकाशित गरेको सूचनामा भुलबस त्रुटी भएको भनी भुल सुधारको सूचना प्रकाशन गर्ने गरेको देखिएकोमा लगानीकर्ताको लगानीमा प्रत्यक्ष असर पार्ने मूल्य संवेदनशिल सूचना तथा वित्तीय विवरणहरू तयार तथा प्रकाशन गर्दा आवश्यक सतर्कता अपनाउन निर्णयानुसार सूचित गरिन्छ ।’
प्रतिक्रिया