२०८१ कात्तिक १२ गते
काठमाडौ । नेकपा एमालेलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङले दान दिएको जग्गाको हक हस्तान्तरण नगर्न सर्वोच्च अदालतले अल्पकालिन आदेश जारी गरेको छ । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले एमालेलाई किर्तिपुरको १० रोपनी १४ आना जग्गा दान गरेको थियो । उक्त जग्गामा एमालेको पार्टी कार्यालय बनाउँन पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्माओलीले शिलान्यास समेत गरेको थिए । तर त्यसको व्यापक विरोध भइरहेको थियो ।
न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले दुवै पक्षको बहस सुनेपछि अर्को आदेश नहुन्जेल सम्मका लागि गुरूङले एमाले पार्टी कार्यालय बनाउन भन्दै दान दिएको १० रोपनी जग्गाको हक हस्तान्तरण नगराउन आदेश दिएको हो। भ्रष्टाचार र सरकारी कागजात किर्ते गरेको आरोप लागेका व्यापारी गुरूङबाट एमालेले चन्दा स्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ पछि अदालतले छलफलका लागि कात्तिक २६ गते दुवै पक्षलाई बोलाएको छ। उक्त छलफलपछि यो आदेशलाई निरन्तरता दिने वा नदिने विषयको टुंगो लाग्ने छ।
प्रतिक्रिया