एलपी ग्यास उद्योगीहरुले १५ दिनको लागि आन्दोलन स्थगित गर्ने

२०८१ माघ ३० गते

एलपी ग्यास उद्योगीहरुले १५ दिनको लागि आन्दोलन स्थगित गर्ने

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले १५ दिनको लागि आफ्नो आन्दोलन स्थगित गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलको क्रममा १५ दिनको लागि आन्दोलन स्थगित गर्ने सहमति भएको संघले जनाएको छ।

Advertisement:

Ad
Ad

सहमति अनुसार संघले उठाएको मागहरुको बारेमा अध्ययन गर्ने अध्ययन समिति गठन गर्ने सहमति भएको छ । छलफलका क्रममा नेपाल आयल निगमले सकारात्मक बनेसँगै १५ दिनलाई आन्दोलन स्थगित गर्ने निर्णय भएको संघका पूतिनिधिद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

वार्तामा विभागीय मन्त्री दामोदर भण्डारीका साथै संघका अध्यक्ष शिव घिमिरे, नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका भट्ट लगायत सहभागी थिए ।