एक हप्तामै लगानीकर्ताले गुमाए पौनै एक खर्ब, सेयर बजारले बनायो निराश

२०८१ चैत ०७ गते

एक हप्तामै लगानीकर्ताले गुमाए पौनै एक खर्ब, सेयर बजारले बनायो  निराश

काठमाडौ । साताको अन्तिम कारोबार दिन पनि सेयर बजारले लगानीकर्तालाई निराश बनाएको छ । नेप्से सूचक बिहीबार १२.३८ विन्दुले घटेर २६६९.७६ अंकमा अडिएको छ । यसदिन ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२६ सयको लाइनमा आएपछि सेयर बजार झनै सुस्त बनेको छ । साताको पहिलो दिन (आइतबार चैत ३) बाटै घट्न थालेको बजार अन्तिम दिनसम्म लगातार घटिरह्यो । आइतबार ६ अर्ब ७२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएपनि त्यसयता लगातार कारोबार रकम घटेको छ ।

Advertisement:

Ad
Ad

आइतबारदेखि बिहिबारसम्म लगानीकर्ताले करिब पौने एक खर्ब (७६ अर्ब ५१ करोड ) रुपैयाँ गुमाएका छन् । आइतबार बजार पुँजीकरण ४७ खर्ब ७ अर्ब रुपैयाँ रहेकोमा बिहिबारसम्म आइपुग्दा बजार पुँजीकरण घटेर ४४ खर्ब ३२ अर्बमा आएको छ ।