दुर्गेश थापाले बिद्यार्थीको ध्यान भंग हुने भन्दै एसईई अवधिभर कुनै पनि कार्यक्रम नगर्ने

२०८१ चैत ०६ गते

दुर्गेश थापाले बिद्यार्थीको ध्यान भंग हुने भन्दै एसईई अवधिभर कुनै पनि कार्यक्रम नगर्ने

काठमाडौ । पछिल्लो समयका चर्चित गायक दुर्गेश थापाले भोलीबाट शुरु हुन लागेको एसईईलाई ध्यानमा राख्दै सो अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । शिक्षा जीवको सबैभन्दा मूल्यवान सम्पत्ति भएको बताउँदै यो समय अध्ययनको समय भएको उनले बताएका छन् ।

धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमकालागी कल आईरहेको बताउँदै उनले भने, 'यदि म कार्यक्रम गर्दै हिंडें भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ । जुनसुकै स्थानमा भए पनि, जति नै ठूलो मञ्चमा उभिए पनि, मेरो वास्तविक शक्ति मेरा दर्शक स्रोताको माया र विश्वास हो । मलाई कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरूपी फ्यानहरू हुनुहुन्छ। हजुरहरुको हौसला, ऊर्जा, अनि साथले नै मलाई यो उचाइमा पुर्याएको हो । त्यसैले, जब हजुरहरूका लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ ।'

Advertisement:

Ad
Ad