दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०८० फागुन ०६ गते

दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ  । आज फागुन ६ गते आइतबार, हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हिमालयन रि ले भोली अर्थात फागुन ७ गते बुकक्लोज गर्दैछ भने एशियन लाइफले फागुन ८ गते बुकक्लोज गर्दैछ ।

Advertisement:

Ad
Ad

फागुन ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक बिदा हुने हुँदा आजसम्म नेप्सेमा कारोबार भइ कायम यी दुबै कम्पनीका शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।