दुई दिनको घटाईपछि नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

२०८१ चैत २७ गते

दुई दिनको घटाईपछि नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

काठमाडौँ। यस हप्ताको तेस्रो कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ। यसअघि लगातार दुई दिन नेप्से परिसूचक घटेको थियो।

बुधबार नेप्से परिसूचक ९.६६  विन्दुले बढेर २६७६.२८ अंकमा पुगेको छ ।  बजार खुलेदेखि नै  निकै उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.३६ प्रतिशतले बढेको हो ।

Advertisement:

Ad
Ad

नेप्स परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब ३० करोड बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ४५ हजार ५४ पटकको कारोबारमा चार अर्ब ४८ करोड बराबरको किनबेच भएको छ । जसमा १५४ कम्पनीका शेयर बढेका छन् भने ९० कम्पनीका शेयर घटेका छन् । त्यसै गरी एक कम्पनीको शेयर भने स्थिर रहेको छ।

बुधबार सर्वाधिक बढ्ने स्टकमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा सिन्धु विकास बैंक रह्यो जसको शेयरमा ८.०५ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी रह्यो जसको ४२ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा कुमारी इक्विटी फन्डको शेयर रह्यो जसको दश लाख दश हजार कित्ता शेयर किनबेच भएको छ।