२०८२ भदौ ०५ गते
काठमाडौ । नेपालको लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष आर्थिक अभियान दैनिकका संवाददाता यादव हुमागाईलाई दिइने भएको छ ।
डा. हरिहरदेव पन्त फाउण्डेसनद्धारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको दशौं वार्षिक स्मृति दिवस पारेर भदौ २१ गते हुमागाईलाई प्रदान गरिने भएको हो । जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रवद्र्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो ।
फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमश : नेपाल आर्थिक पत्रकार समाज (सेजन), गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, बिजय राज खनाल, यज्ञ बञ्जाडे तथा कृष्ण रिजाललाई प्रदान गरिएको थियो ।
पत्रकारिता मार्फत देशको सर्वाङ्गीण विकासका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा पत्रकारलाई फाउण्डेसनले प्रदान गर्दै आएको पुरस्कारको राशी नगद एक लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।
प्रतिक्रिया