डिप्रोक्स लघुवित्तले बोलायो साधारणसभा

२०८० चैत ०२ गते

डिप्रोक्स लघुवित्तले बोलायो साधारणसभा

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बाईसौँ वार्षिक साधारणसभा बोलाएको छ ।  लघुवित्तले चैत २५ गते, आइतबार, पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा सभा बोलाएको हो । उक्त सभा बिहान १० बजे शुरु हुनेछ।

Advertisement:

Ad
Ad

साधारण सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार चैत १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

facebook sharing button
twitter sharing button
linkedin sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button