धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया छिटो टुंगियोस् - कार्यबाहक अध्यक्ष नरेन्द्र राना

२०८१ जेठ २५ गते

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया छिटो टुंगियोस् - कार्यबाहक अध्यक्ष नरेन्द्र राना

काठमाडौँ । राजश्व सचिव रामप्रसाद घिमिरे समग्र पूँजिबजारको स्वस्थ विकास गराउन नेपाल धितोपत्र बोर्ड क्रियाशील रहन आग्रह गरेका छन् ।नेपाल धितोपत्र बोर्डको ३२औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गरेका घिमिरेले आम लगानीकर्तामा उत्साह जगाउने गरी बोर्डले काम गर्न जरुरी रहेको बताएका हुन् । त्यसका लागि सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ल्याएका केही कार्यक्रमले जमेर रहेको पूँजीलाई चलायमान बनाउने गरी पूँजिबजार सक्रिय बनाउन बोर्डले काम गर्नुपर्नेमा जोड दिए ।

"पूँजिबजार लगानीकर्ताका रकम सुरक्षित गर्न संस्थागत सुदृढिकरण उत्तिकै आवश्यक छ,बस्तु विनिमय बजार लगायत बजारमा नयाँ नयाँँ उपकरणहरु आएका छन् । डेरिभेटिभ मार्केट, प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलका अवधारणा अघि बढेका छन् यसलाई दीगो रुपले अघि बढाउन जरुरी छ ।"उनले भने ।

Advertisement:

Ad
Ad

कार्यक्रममा सरकारबाट प्रतिनिधित्व गरेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र रानाले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रक्रिया चाँडो अघि बढ्नेमा विश्वास व्यक्त गरे । यद्यपि संस्थागत सुशासन कायम राख्दै पूँजिबजारका नीतिगत समस्या हल गर्न धितोपत्र बोर्ड चलायमान बनाउने कुरामा बोर्डमा रहेर आफूले सञ्चालक समिति मार्फत क्रियाशीलता बढाएको बताए । रानाले नियामक निकायबाट बढी नै पूँजिबजार नियमनमा दवाब आको भन्ने प्रतिक्रियालाई सम्बोधन गर्न अग्रसर रहेको बताए ।