२०८१ कात्तिक ०४ गते
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा कात्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म श्रीमद् भागवत सप्ताह धनधान्याञ्चल बिराट ज्ञान महायज्ञ एवम् शैक्षिक तथा धार्मिक महामहोत्सव हुने भएको छ । भागवत संयोजक कपिल भट्टका अनुसार खाल्टे देउरालीमा अवस्थित श्री मनकामना देवी आधारभूत विद्यालयमा प्राविधिक शिक्षालयको स्थापना एवम् शैक्षिक उन्नयन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।
यो महोत्सवबाट संकलित रकमबाट विद्यालयमा गुणस्तरिय शिक्षा तथा भौतिक संरचनामा सहयोग पुग्ने अपेक्षा गरिएको समाजसेवी भट्टले बताए । ‘पण्डित श्री विजय सिग्देल भागवत सप्ताहमा भागवत बाचकका रुपमा रहनेछन् । यतिखेर आयोजक टोली महोत्सव सफल तुल्याउन प्रचार प्रसारमा जुटेको छ । संयोजक भट्टले विगतका अनुभवले पनि भक्तजनको राम्रो उपस्थिति हुने र सामाजिक सेवा जस्तो पूण्य कर्मका लागि सबै श्रद्धालु भक्तजनले उपस्थिती जनाएर भरपुर सहयोग गर्ने आफूहरुले अपेक्षा गरेको बताएका छन् ।
प्रतिक्रिया