डेढ किलो सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ

२०८१ वैशाख १४ गते

डेढ किलो सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारेमा जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, भारतको महाराष्ट्रका ३७ वर्षीय अमल विभूती, सोही स्थानका वर्ष १८ का प्रकाश विभूती र गणेशसतिस बाल्टे रहेको डिएसपी सुरक्षा केसीले जानकारी दिए ।

Advertisement:

Ad
Ad

पक्राउ पर्नेहरुमा झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, सोही स्थानका वर्ष २२ का भरतराज खरेल र दार्चुलाका वर्ष २१ का आयुष बडू रहेको उनले बताए । जिल्ला काठमाडौं कामनपा वडा नम्बर २४ दुच्छेनली टोलमा केही व्यक्तिहरुले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।