२०८२ असार १२ गते
काठमाडौँ। साताको अन्तिम कारोबार दिन शेयर बजार एकल अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक ४.४५ अङ्कले घटेर २५९५.७४ विन्दुमा पुगेको छ। नेप्से परिसूचक घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ९४ करोड बराबरको कारोबार भएकोमा यस दिन भने ७ अर्ब ७८ करोड बराबरको कारोबार भएको छ।
यस दिन ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने अन्य १५५ कम्पनीको शेयर मूल्य घटेको छ । बिहिबार सर्वाधिक वृद्धि हुने कम्पनीमा ग्रिन डेभलपमेन्ट बैंक रहेको छ जसको शेयर ९.१८ प्रतिशतले बढेको छ । त्यसै गरी आज सर्वाधिक घट्नेमा रिलायबल सम्वृद्धि योजना रहेको छ जसको शेयर मूल्य ९.३० प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमको आधारमा सर्वाधिक कारोबार गर्नेमा बुटवल पावर कम्पनी रह्यो जसको ६२ करोड ५२ लाख रुपैंया बराबरको शेयर किनबेच भएको छ। त्यसै गरी भोल्युमको आधारमा सर्वाधिक कारोबार गर्नेमा सिंगटी हाइड्रोपावर रह्यो जसको १० लाख ५३ हजार कित्ता कारोबार भएको छ।
प्रतिक्रिया