चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त

२०८१ मंसिर ०९ गते

चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त

काठमाडौँ। सरकारले  अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई नियुक्त गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

Advertisement:

Ad
Ad