२०८२ कात्तिक २७ गते
काठमाडौ । नेपालकै अग्रणी र भरोसायोग्य ब्राण्ड सीजीले आफ्नो घरायसी उपकरण ब्रान्ड अन्तर्गत नेपालकै पहिलो एआइ सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ।
आधुनिक नेपाली भान्साको सुविधा , समय बचत र र स्वास्थ्यलाई ध्यानमा राख्दै गरिएको सिजी मेरिडिया स्मार्ट एयर फ्रायर मोडेल सिजिएमआरएफ ८ एलएआइ ले घरेलु पकाइ प्रविधिलाई नयाँ युगमा प्रवेश गराएको छ।
सिजिएमआरएफ ८ एलएआइ नेपालको पहिलो एआई एयर फ्रायर हो। यसको पावर १८०० वाट र क्षमता ८ लिटरको छ। यो नेपालमा पहिलो पटक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता र इन्टरनेट थि प्रविधि संयोजन भएको एयर फ्रायर हो जसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरू मार्फत प्रणालीले खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ।त्यसको विश्लेषणका आधारमा, एयर फ्रायरले आवश्यक तापक्रम र पकाइ समयलाई स्वतः समायोजन गर्छ, जसले हरेक पटक उत्तम र सटीक परिणाम सुनिश्चित गर्छ।
साथै, यस उपकरणलाई सिजि स्मार्ट होम एप मार्फत रिमोट कन्ट्रोल गर्न सकिन्छ। प्रयोगकर्ताले आफ्नो स्मार्टफोनबाट नै पकाइ मोड, तापक्रम र समय सेट गर्न सक्ने आधुनिक सुविधा प्राप्त गर्छन्।
प्रतिक्रिया