चौधरी ग्रुपको सीजी फुड्समा दुर्गा प्रसाईं समूहको आक्रमण

२०८१ वैशाख २१ गते

चौधरी ग्रुपको सीजी फुड्समा दुर्गा प्रसाईं समूहको आक्रमण

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा मेडिकल व्यवसायीसमेत रहेका अभियान्ता दुर्गा प्रसाईं समूहले आक्रमण गरेको छ ।

शुक्रबार दिउँसो ३ बजेतिर बस रिजर्भ गरेर आएका दुर्गा प्रसाईं नेतृत्वको समूहले आक्रमण गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार दुर्गा प्रसाईं नेतृत्वको समूहले सीजी फुड्स पार्कमा आक्रमण गरेको हो ।

Advertisement:

Ad
Ad

‘बसनै रिजर्भ गरेर लघुवित्त पीडित बताउने महिला र पुरुषलाई प्रसाईंको समूहले उतारेको देखिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘यसबारे हामीले थप अनुसन्धान गरिरहेका छौं ।’

बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्तिमाथि तोडफोड गरेको चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौड्यालले जानकारी दिए ।

तोडफोडमा उत्रिएका २४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको भैंसेपाटी प्रहरी वृत्तका प्रहरी निरीक्षक अनिल बैठाले जानकारी दिए ।गत साता काठमाडौं महानगरपालिकाले बजार अनुगमनका क्रममा भेटिएका वाइवाइ चाउचाउ परीक्षण गर्दा स्वास्थ्यमा प्रतिकूल असर पार्ने तत्व भेटिएको दाबी गर्दै २ लाख जरीवाना तिराउने निर्णय गरेको थियो । तर चौधरी ग्रुपले भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य नभनेको अवस्थामा महानगरले स्टन्टबाजी गरेको आरोप लगाउँदै आएको छ ।

प्रसाईं पछिल्लो समय बैंकको ऋण नतिर्ने अभियान चलाउनुका साथै नेता तथा व्यवसायीमाथि व्यक्तिगत लाञ्छाना लगाउने कार्यमा सक्रिय छन् । यसअघि प्रसाईंकै समूहले झापामा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका शाखा उपप्रबन्धकलाई स्वीकृत भएको ऋण नदिएको भन्दै नियन्त्रणमा लिएको थियो ।

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2024/05/CG-Foods-Press-Release-1.pdf" title="CG Foods Press Release (1)"]