चाँदी मिश्रित नक्कली खोटा नोट सहित ईन्द्र ज्वेलर्सका संचालक शाक्य पक्राउ

२०८१ कात्तिक २१ गते

चाँदी मिश्रित नक्कली खोटा नोट सहित ईन्द्र ज्वेलर्सका संचालक शाक्य पक्राउ

काठमाडौ । हजार र ५ सय दरका नोटजस्तो देखिने चाँदीको नक्कली नोट बनाइ कारोबार गरेको आरोपमा ईन्द्र ज्वेलर्स सुनचादी पसलका संचालक सोहिल शाक्य पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाका  विभिन्न स्थानमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र ५ सय दरको जस्तो देखिने चादीको नक्कली नोटहरु (खोटा मुद्रा) निर्माण गरी कारोबार समेत भईरहेको भन्ने बिशेष सूचनाको आधारमा शाक्यलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले बताएको छ ।

Advertisement:

Ad
Ad

एक हजारको ९९९९९ उल्लेख भएको ४८ थान,  S,D000000 उल्लेख भएको ४० थान,   नेपाली ५०० पाँच सय दरको नोट जस्तो देखिने 9999 उल्लेख भएको २८ थान सहित शाक्य पक्राउ परेका हुन् ।