२०८३ असार २२ गते
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्यांक कार्यलयले गरेको छ ।
सोमबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान अनुसार चालु आवको तेस्रो त्रैमासमा ३.५१ प्रतिशतले जीडीपी बढ्ने देखिएको हो । यसमा मौसमी प्रभाव समावेश नगरिएको कार्यलयले जनाएको छ ।विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम कलेक्सन, र व्यापार सेवामा भएको सुधारका कारण यो वृद्धिदर हासिल हुन पुगेको कार्यालयले जनाएको छ ।
अर्थतन्त्रमा समाविष्ट कुल १८ वटा औद्योगिक वर्गीकरणहरू मध्ये १६ वटा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ । यस अवधिमा सबैभन्दा उच्च वृद्धि विद्युत, ग्याँस, वाफ तथा वातानुकूलित आपूर्ति क्षेत्रमा २४.८८ प्रतिशत देखिएको छ ।
त्यसैगरी, वित्तीय तथा बिमा सम्बन्धी क्रियाकलापमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारणमा ७।८३ प्रतिशत, र थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.२५ प्रतिशतको धनात्मक वृद्धि भएको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया