२०८३ असार २२ गते
काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन अर्थात असार २२ गते सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। लगातार दोस्रो दिन पनि दुवै बहुमूल्य धातुको भाउ ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर २ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६०५ रुपैयाँ रहेको थियो।
प्रतिक्रिया