२०८१ चैत १७ गते
काठमाडौ । नेप्से सूचक आइतबार ३२२२ विन्दुले बढेर २६९५.५५ अंकमा अडिएको छ । आज ७ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । शुक्रबारको आन्दोलनपछि अबको बजार कता जाला भन्ने लगानीकर्तामा त्रास देखिन्थ्यो तर आइतबार उक्त त्रासबाट लगानीकर्ता मुत्त देखिन्थे ।
आज म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज ३ सय २३ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६९ करोड १९ लाख रुपैयाँभन्दा बढी कारोबार भएको हिमालयन रिइन्सुरेन्स कारोबार रकममा अगाडी छ ।
प्रतिक्रिया