बुद्धजयन्तीमा प्रचण्डलाई फुरेको बुद्धत्व : बुद्धले सामाजिक अन्यायविरुद्ध शान्तीपूर्ण क्रान्तीको पाठ सिकाए

२०८२ वैशाख २९ गते

बुद्धजयन्तीमा प्रचण्डलाई फुरेको बुद्धत्व : बुद्धले सामाजिक अन्यायविरुद्ध शान्तीपूर्ण क्रान्तीको पाठ सिकाए

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले गौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

उनले बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण रहेको बताएका छन् । करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैंगिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको छ।उनले शुभकामना सन्देशमा भनेका छन् । 
   
बुद्धले व्यवहारबाटै दिनुभएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ। क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन्। बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ।प्रचण्डको भनाई छ ।
     
विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हासिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य छ। त्यसैले इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता हो । यस सन्दर्भमा, बुद्धको विचार र क्रान्तिकारी शिक्षालाई आत्मसात् गर्दै समुन्नत, न्यायपूर्ण र समावेशी संघीय गणतान्त्रिक नेपालको निर्माणमार्फत समाजवादी क्रान्तिको आधार तयार पार्ने महान अभियानमा सबैलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक आव्हान गर्दछु,प्रचण्डले भनेका छन् ।

Advertisement:

Ad
Ad