२०८१ वैशाख २२ गते
साओ पाउलो । ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको सीएनएनले जनाएको छ ।
सीएनएनका अनुसार सबैभन्दा खराब जलवायु त्रासदीमध्ये एक रहेको भारी वर्षाले अहिलेसम्म पोर्टो एलेग्रेको राज्यको राजधानीसहित दुई सय ३५ नगरपालिकालाई असर गरेको छ ।राज्यमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण नदीहरूको सतह बढेको छ, पुलहरू ध्वस्त भएका छन् र गर्दा १४ लाखभन्दा बढी जनसङ्ख्या भएको पोर्टो एलेग्रे शहरलाई सतर्क अवस्थामा राखिएको छ ।
भारी वर्षाले छिमेकी राज्य सान्टा क्याटरिनामा पनि फैलिएको छ । त्यहाँ बाढी र पहिरोमा परी एक व्यक्तिको मृत्यु भएको छ । विपद्लाई स्वीकार गर्दै ब्राजिल सरकारले रियो ग्रान्डे डो सुललाई उपकरण र आर्थिक सहायता पठाएको छ । प्रकोपबाट २४ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
प्रतिक्रिया