२०८१ कात्तिक १४ गते
काठमाडौं । भूमि समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीले सपथ ग्रहण गरेका छन् । भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् । बुधवार मन्त्रालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा मन्त्री अधिकारीले आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजाल( प्युठान), उपाध्यक्ष सनतकुमार कार्की ( जाजरकोट) लगायतका ८ जना पदाधिकारीलाई सपथग्रहण गराएका हुन् ।
उक्त कार्यक्रममा मन्त्री अधिकारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउदैं भूमि समस्यालाई दिर्घकालिन रुपमा समाधानका गर्न निर्देशन दिए । आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजालले सरकारले बिश्वास गरेर दिएको जिम्मेवारी इमान्दारपुर्वक पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरे । प्रचलित ऐन कानुनको जगमा टेकेर संस्थागत शुसासन कायम गदैं अवको ६ महिनाभित्र १ लाखभन्दा बढि भूमिहिन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने कार्ययोजना सहित आयोग अघि बढ्ने अध्यक्ष रिजालले भने ।
मङ्गलवार बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगमा विज्ञ सदस्यमा सिन्धुपाल्चोकका जगत बस्नेत र कैलालीका टेकबहादुर शाह, अन्य सदस्यमा दार्चुलाका गोवर्द्धन कोली, महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाई र तनहुँकी आरती भण्डारी रहेका छन् । भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार आयोगका अध्यक्ष, उपाध्यक्ष् ाएवम सदस्यको पदावधि ३ वर्ष रहनेछ ।
प्रतिक्रिया