भ्रष्टाचार मुद्दा दर्ता हुनासाथ कांग्रेस सांसद बस्नेत निलम्बित

२०८२ जेठ ०१ गते

भ्रष्टाचार मुद्दा दर्ता हुनासाथ  कांग्रेस सांसद बस्नेत निलम्बित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। बस्नेत सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद हुन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन्।

Advertisement:

Ad
Ad

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वतस् निलम्बन हुने व्यवस्था छ।