भैरहवाको गौतमबुद्ध विमानस्थलले बिजनेस पाउन थाल्यो, भोलीबाट कतार एयरवेजले पनि दैनिक उडान गर्ने

२०८१ कात्तिक २६ गते

भैरहवाको गौतमबुद्ध विमानस्थलले बिजनेस पाउन थाल्यो, भोलीबाट कतार एयरवेजले पनि दैनिक उडान गर्ने

काठमाडौ । कतार एयरवेजले भोली देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ। एयरवेजले मंगलबारबाट उडान गर्ने र साताभरमा सात उडान गर्ने नागरिक उड्यन प्राधिकरणले जनाएको छ । कतार एयरवेजले हाल कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ। अब भने मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा पनि उडान गर्नेछ। गत शनिबारदेखि दुबईको विमान कम्पनी फ्लाई दुबईले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थालेको छ । कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ ।सञ्चालनमा आएको दुई वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले फाट्ट फुट्ट बिजनेस पाउन थालेको छ ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने वित्तिकै जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । १० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर जजिराले उडान स्थगन गरेको थियो । भैरहवा–कुवेत उडान गर्ने जजिराले शनिबारबाट फेरि सेवा दिन थालेको छ ।

Advertisement:

Ad
Ad