बल्खुमा राप्रपाको बृहत प्रदर्शन, सुरक्षा व्यवस्था कडा

२०८१ चैत २६ गते

बल्खुमा राप्रपाको बृहत प्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौ । आज (चैत २६)राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौको बल्खुमा खबरदारी सभा आयोजना गरेको छ । खबरदारी सभा लागि नेता कार्यकर्ता, समर्थकहरूको भिड लागेको छ । बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्य तालिका रहेको छ ।नेताहरुले सिद्धान्त बेचिदिए, क्रान्तिको सपना साटिदिए र सत्ता दलाललाई सुम्पिदिए, न्याय खोज्दा डण्डा शान्तिको माग गर्दा हतियार यो तानाशाही नभए के ? लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर समर्थकहरु बल्खुमा भेला भएका छन् ।

राप्रपा आयोजना गरेको कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको छ । तीनकुनेमा भएको राजावादी प्रदर्शन हिसांत्मक बनेपछि यसपटक सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।

Advertisement:

Ad
Ad