२०८१ चैत ११ गते
काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई सामाजिक सञ्जाल मार्फत व्यंग्य गरेका छ । उनले आफलुाई हराएपनि देशलाई नहराउँन भनेका छन् ।
सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्दै भनेका छन,
माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यु, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो र ?मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी।एल। सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।
प्रतिक्रिया