नेपालमै पहिलोपटक बागलुङमा निकालियो पानीबाट ग्यास, खाना छिटो पाक्ने र प्रयोग गर्न सहज

२०८३ जेठ ०३ गते

नेपालमै पहिलोपटक बागलुङमा निकालियो पानीबाट ग्यास, खाना छिटो पाक्ने र प्रयोग गर्न सहज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थाको सहकार्यमा बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन सफल भएको छ।

खेर गइरहेको पानी र विद्युत्को उपयोग गर्दै बडिगाड–२ को गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाबाट हाइड्रोजन ग्यास निकालेर अहिले सिलिण्डरमा भरि चुलो बाल्न थालिएको हो। तीन वर्षको अध्ययनपछि परियोजनाले सफल परीक्षण गर्दै व्यावसायिक प्रयोगतर्फ पाइला बढाएको जनाएको छ।

Advertisement:

Ad
Ad

पानीबाट अक्सिजन अलग गरी हाइड्रोजन निकाल्ने प्रविधिमार्फत तयार गरिएको ग्यासबाट खाना छिटो पाक्ने र प्रयोग पनि सहज रहेको स्थानीयको अनुभव छ। हालसम्म आठ वटा सिलिण्डर भरिसकिएको परियोजनाले अब सुरक्षित वितरण प्रणाली र सुलभ सिलिण्डर विकासमा थप अध्ययन गर्ने बताएको छ।

परियोजनामा नेपाल इनर्जी फाउण्डेसन, महिला सञ्जाल नेपाल, यूके र स्विट्जरल्यान्डका प्राविधिक संस्थासहित विभिन्न साझेदारको सहकार्य रहेको छ। गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले हरित हाइड्रोजनले वातावरण संरक्षणसँगै स्वदेशी ऊर्जाको उपयोग बढाउने भन्दै यस्ता परियोजनालाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।