आजदेखि दुई दिन राहदानी सेवा बन्द

२०८३ असार २५ गते

आजदेखि दुई दिन राहदानी सेवा बन्द

काठमाडौँ । राहदानी विभागले आजदेखि दुई दिनसम्म राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको छ। विभागका अनुसार हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्ने काम भइरहेकाले आज र भोलि सेवा प्रभावित हुने भएको हो।

 

Advertisement:

Ad
Ad

नयाँ प्रणालीमा सेवा स्थानान्तरण गर्ने प्रक्रियाका कारण राहदानी जारीलगायतका नियमित सेवा अस्थायी रूपमा रोकिएको विभागले जनाएको छ। यसअघि नै विभागले असार १९ गते सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण दुई दिन सेवा अवरुद्ध हुने जानकारी दिएको थियो।

 

यद्यपि, अन्य सेवा बन्द रहे पनि तयार भइसकेका राहदानी वितरणको काम भने नियमित रूपमा जारी रहनेछ। विभागका अनुसार राहदानी संकलनका लागि मोबाइलमा एसएमएस प्राप्त गरिसकेका सेवाग्राहीले विभागमा उपस्थित भई आफ्नो राहदानी बुझ्न सक्नेछन्।