२०८१ कात्तिक ०५ गते
काठमाडौ । नेपाल आयल निगमले बाढी, पहिरो प्रभावितलाई सहयोग स्वरुप ३ करोड रुपैयाँ प्रदान गरेको छ । पीडितलाई राहत तथा पुनःस्थापना गर्न सरकारलाई तीन करोड रुपैयाँ सहयोग गरेको हो । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँको चेक हस्तानान्तर गरेका छन् । भटट्ले बाढी, पहिरो र डुवानबाट विस्थापित भएका पीडितको पुनः स्थापित गर्न उक्त रकम सहयोग गरिएको जानकारी दिए ।
प्रतिक्रिया