'बढ्दो महंगी नियन्त्रण गर् भन्ने नारा सधैं लोकप्रिय' :  प्रधानमन्त्री

२०८१ चैत ०७ गते

'बढ्दो महंगी नियन्त्रण गर् भन्ने नारा सधैं लोकप्रिय' :  प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै 'बढ्दो महंगी नियन्त्रण गर' भन्ने नारा सधैं लोकप्रिय नारा बनाइ हिँड्ने गरिएको बताएका छन् । उनले गत वर्षको मुद्रास्फितीलाई तुलना गर्न सांसदहरुलाई आग्रह गर्दै भने, महंगी घटिरहेको बेलामा पनि त्यो नारा चाहिँ लोकप्रिय नै हुन्छ । त्यसैले यस्ता कुराहरुमा प्रश्नलाई लोकप्रिय बनाउन होइन, तुलनात्मक अध्ययन गरेर नागरिक जीवनमा सहजता ल्याउन लाग्नु पर्छ । यसका लागि महंगीको गत वर्षको दरसँग तुलना गरेर हेर्नु उपयुक्त हुन्छ ।

उनले अगाडि थपे, चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा औसत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ जबकी, अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो। मूल्य वृद्धिको सीमालाई बाञ्छित सीमाभित्र राख्न चालु आर्थिक वर्षको लागि सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिईएको पनि बताए । साथै, अनिवार्य नगद अनुपात र बैंक दरलाई समेत समायोजन गरिएको उनको भनाइृ थियो ।

Advertisement:

Ad
Ad

प्रधानमन्त्रीले आगामी वर्षहरुमा पनि अत्यावश्यक वस्तुहरूको भन्सार दर घटाउने तथा महँगीमा प्रत्यक्ष असर गर्ने वस्तुहरूमा कर छुट प्रदान गर्ने नीतिलाई निरन्तरता दिइने बताए । कृषि उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत ऋण प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ। यसबाट खाद्य आपूर्तिमा स्थिरता, कृषिजन्य उपजको उत्पादनमा वृद्धि, कृषिजन्य उत्पादनको आयात व्यवस्थापन साथै मूल्य स्थिरता कायम गर्न समेत सहयोग पुग्नेछ।