एशियन कंक्रिटो लिमिटेडद्वारा आईपीओ जारी गर्न साधारण सभा आह्वान

२०८२ असोज २९ गते

एशियन कंक्रिटो लिमिटेडद्वारा आईपीओ जारी गर्न साधारण सभा आह्वान

काठमाडौं एशियन कंक्रिटो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर) जारी गर्ने तयारी अघि बढाएको कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि आगामी कात्तिक १९ गते साधारण सभा आह्वान गरेको हो

कम्पनीको सञ्चालक समितिको असोज २८ गते बसेको बैठकले नवलपरासीस्थित कम्पनीको कार्यालयमा दिनको १२ः३० बजेबाट सभा सुरु गर्ने निर्णय गरेको सभामा प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गरिनेछ सो अवसरमा सर्वसाधारणलाई छुट्याइएको शेयरमध्ये सम्बन्धित क्षेत्र समूहका लगानीकर्तालाई पनि शेयर जारी गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको

Advertisement:

Ad
Ad

यस्तै, आईपीओ निष्कासनपछि कम्पनीको सञ्चालक समितिको संरचना परिवर्तन गर्ने आवश्यक थप निर्णय तथा कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण लगायतका अन्य साधारण विशेष प्रस्तावहरू पनि पारित गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको