आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन संसदमा पेश

२०८१ जेठ २१ गते

आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन संसदमा पेश

काठमाडौँ । नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ. व.२०७९/८० प्रतिनिधि सभा बैठकमा पेश गरिएको छ।

सोमवार बसेको प्रतिनिधि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोतर्फ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी हुन्।

Advertisement:

Ad
Ad

नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ मा नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्ने व्यवस्था छ।

सोही अनुसार सो प्रतिवेदन पेश गरिएको सञ्चारमन्त्री शर्माले बताइन्।