सरकारी कर्मचारीले १५ दिनमा तलब पाउने व्यवस्था कार्यान्वयनमा आयो, अर्थमन्त्रालयका कर्मचारीले पाए १५ दिनको तलब

२०८३ वैशाख १६ गते

सरकारी कर्मचारीले १५ दिनमा तलब पाउने व्यवस्था कार्यान्वयनमा आयो, अर्थमन्त्रालयका कर्मचारीले पाए १५ दिनको तलब

काठमाडौं । सरकारी कर्मचारीले १५ दिनमा तलब पाउने व्यवस्था कार्यान्वयनमा आएको छ  । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरेका छन्।  

 

Advertisement:

Ad
Ad

पाइलट परियोजनाको रुपमा उक्त कार्य आज बुधबार देखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई अर्थमन्त्री  वाग्लेले १५ दिनमै तलब दिने कार्यको सुरुआत गरेका हुन् ।

बैंशाख १५ सम्मको (आधा महिना) तलब अर्थमन्त्रालयका कर्मचारीले पाएका छन् । अर्थमन्त्री वाग्लेले १५ दिनमा तलब दिँदा बजार चलायमान हुने उपभोग र माग दुवै बढ्ने बताएका छन् ।