२०८२ असोज ०२ गते
काठमाडौ । अर्थमन्त्रालयले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई हाजिर नगराउन भन्दै पत्र पठाएको छ । अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले प्राधिकरणलाई मन्त्रालयबाट पत्र पठाएको पुष्टि गरेका छन् ।
ओझालाई कुन पत्रको आधारमा हाजीर गराइएको हो भनेर प्रश्न सहितको पत्र पठाएको पाण्डेयले जनाए ।सर्वोच्चले भदौ २३ गते ओझालाई बर्खास्ती गर्ने निर्णय तत्काल कार्यान्वय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यस लगतै मंगलबार प्राधिरकण पुगेका ओझाले सोही दिनबाट काम थालेका थिए ।
प्रतिक्रिया