अनलाइन बेटिङ्ग मार्फत दुई अर्ब बढी कारोबार गर्ने पक्राउ

२०८१ वैशाख ३१ गते

अनलाइन बेटिङ्ग मार्फत दुई अर्ब बढी कारोबार गर्ने पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन बेटिङ्ग साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुङ्गाना छन् । सोमबार पत्रकार सम्मेलन गरी ढुङ्गानालाई सार्वजनिक गरिएको हो ।

Advertisement:

Ad
Ad

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ढुङ्गानाले विभिन्न माध्यमबाट दुई अर्ब एक करोड बढीको कारोबार गरेको प्रारम्भिक अनुसनधानबाट खुलेको बताए ।

११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिङ्क गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको जानकारी उनले दिए । त्यस्तै, १५ वटा वालेट प्रयोग गरी पाँच करोडभन्दा बढी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको छ ।

उनले पक्राउ गरिएका ढुङ्गानालाई नेपालको कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताए ।