अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको भाउ आकाशियो

२०८१ कात्तिक २२ गते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको भाउ आकाशियो

काठमाडौ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको भाउ आकाशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार (कात्तिक २२ गते) बिहीबारका लागि १ अमेरिकी डलरको भाउ (बिक्रीद) १३५ रुपैयाँ १६ पैसा कायम भएको छ भने खरिददर १३४ रुपैयाँ ५६ पैसा छ । अघिल्लो दिनको तुलनामा डलरको भाउ २८ पैसाले बढेको हो । बुधबार १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८८ पैसा र खरिददर १३४ रुपैयाँ २८ पैसा कायम भएको थियो । १ युरोको बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ २१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा र खरिद दर १७३ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ १८ पैसा रहेको छ । ट

Advertisement:

Ad
Ad