अमेरिकी चुनाव: ह्यारिस आधिकारिक रूपमै डेमोक्राटिक पार्टीबाट राष्ट्रपतीय उम्मेदवार

२०८१ साउन १९ गते

अमेरिकी चुनाव: ह्यारिस आधिकारिक रूपमै डेमोक्राटिक पार्टीबाट राष्ट्रपतीय उम्मेदवार

वासिङ्टनडिसी । आसन्न चुनावका लागि अमेरिकी डेमोक्राटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ ।

डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमत सहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारमा चुनेको घोषणा गरेका छन् । यसै सन्दर्भमा ह्यारिसले  सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनिन्, “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार हुन पाउँदा सम्मानित छु ।” आगामी हप्तामा आधिकारिक रूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाएकी छिन् ।

Advertisement:

Ad
Ad

वासिङ्टन पोस्टका अनुसार, ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुलुकी महिला उम्मेदवार हुन् । उनको उम्मेद्धारीले लामो समयदेखि थाती रहेका जातीय तथा लैङ्गिक सवालहरूले सार्थकता पाउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई समर्थन गर्दै  जुलाई –२१ मा चुनावी प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेका थिए । समर्थनपछि जुलाई–२७ मा, ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावका लागि आधिकारिक रूपमा आफ्नो उम्मेदवारको उद्घोष गरेकी हुन् ।

सन् २००८ मा बराक ओबामापछि अमेरिकाको इतिहासमा प्रमुख राष्ट्रपति पदको टिकट पाउने ह्यारिस दोस्रो अश्वेत व्यक्ति हुन् ।

रासस