अमेरिकामा लुकेर बसेका तीन नेपाली फिर्ता

२०८१ माघ ०९ गते

अमेरिकामा लुकेर बसेका तीन नेपाली फिर्ता

काठमाडौँ । गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका तीन नेपाली नागरिकलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको छ।

निष्कासित हुनेमा लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसी छन्। उनीहरू एयर इन्डियाको फ्लाइटबाट काठमाडौं फर्किएका हुन्। यी तीनै जना नेपाली गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएका थिए। स्रोतका अनुसार उनीहरूलाई कुन कानुनअनुसार फिर्ता पठाइएको हो भन्ने स्पष्ट खुलाइएको छैन।

Advertisement:

Ad
Ad

अमेरिकाबाट यसअघि पनि गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरू देशनिकाला भइसकेका छन्। यद्यपि हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै जारी गरेको आप्रवासनसम्बन्धी नयाँ कार्यादेशले संसार तरंगित बनेको छ ।

मंगलबार अमेरिकाको ४७औँ राष्ट्रपतिका रुपमा सपथ खाएकै दिन ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यादेश जारी गरेका छन्। जसअन्तर्गत गैरकानुनीरूपमा अमेरिकामा बस्दै आएका आप्रवासीहरूलाई फिर्ता पठाउने नीति ट्रम्प प्रशासनले लिएको हो। राष्ट्रपति ट्रम्पले यसविरुद्ध कडा रूपमा लाग्ने बताएका छन्।यस पछि थप नेपालीहरु नेपाल फर्काइन सक्ने अनुमान गरिएको छ ।