२०८१ मंसिर १२ गते
काठमाडौ । सेयर बजारमा बुधबार उत्साह छाएको छ । नेप्से सुचकसँगै कारोबार रकममा पनि बृद्धि देखिएको छ । बढेको बजारमा आठ वटा कम्पनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी कमाउँनेमा बिशाल बजार कम्पनी रहेको छ । बिशाल बजार कम्पनीको सेयर मूल्य ४ सय ५० रुपैयाँले बढेर ४९ हजार ५ सय पुगेको छ । यस्तै सपोर्ट लघुवित्त वित्तिय संस्थाको पनि सेयर मूल्य २७५ रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँ पुगेको छ ।
मानुषि लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य २२७ रुपैयाँले बढेर २ हजार ४९९ रुपैयाँ पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक १४५ रुपैयाँले बढेर १ हजार ५ सय ९५ रुपैयाँ सेयर मूल्य पुगेको छ । कर्णालि डेभलपमेन्ट बैंकको ७६.९० रुपैयाँले बढेर ८४५ रुपैयाँ कायम भएको छ । सिन्धुविकासको ८३.८० रुपैयाँले बढेर ९१०.८० रुपैयाँ पुगेको छ भने सप्तकोशी विकास बैंकको ८९.९० रुपैयाँले बढेर ९८८.९० रुपैयाँले बढेको छ । यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै ग्रिन डेभलपमेन्टको ९३.३० रुपैयाँले बढेर १ हजार २७.२० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया