२०८३ जेठ ०३ गते
काठमाडौँ । चितवनमा जंगली च्याउ खाँदा मृत्यु भएकाको सङ्ख्या दुई पुगेको छ। जंगली च्याउ सेवनका कारण जिल्लाको इच्छाकामना गाउँपालिका-१, कुलबाङगमा दुई जनाको मृत्यु भएको हो।
मृतकमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ छन्।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको मृत्यु जेठ १ गते भएको हो भने सञ्जयको उपचारका क्रममा शनिबार राति निधन भएको हो।
वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारका पाँच जनाले जंगली च्याउको तरकारी खाएका थिए।जसमध्ये तीन जनालाई उपचारका लागि जेठ १ गते भरतपुर अस्पताल ल्याइएको थियो।
उपचारका क्रममा नमुनाको सोही दिन मृत्यु भयो भने १३ वर्षीया मनिता चेपाङको उपचार जारी छ।बिरामी मनिताको अवस्था गम्भीर रहेको उनले बताए।
प्रतिक्रिया