'फास्टफुड र डाइट ट्रेन्डको जालोले युवा स्वास्थ्यमा जोखिम बढायो'

२०८३ जेठ ०३ गते

'फास्टफुड र डाइट ट्रेन्डको जालोले  युवा स्वास्थ्यमा जोखिम बढायो'

काठमाडौं । आजको व्यस्त जीवनशैली,शहरीकरण र बदलिँदो खानपानले विशेषगरी युवापुस्ताको स्वास्थ्यमा गहिरो प्रभाव पारिरहेको छ । फास्टफुड संस्कृतिको बढ्दो प्रभावदेखि लिएर इन्टरनेटमा लोकप्रिय डाइट ट्रेन्डहरू जस्तै किटो र इन्टरमिटेन्ट फास्टिङले मानिसहरूलाई आकर्षित आकर्षित गरिरहेकोछ  । तर यस्ता अभ्यासहरू कत्तिको सुरक्षित र भरपर्दा छन् ? सन्तुलित आहार, तौल व्यवस्थापन र मानसिक स्वास्थ्यबीचको सम्बन्ध कस्तो छ ? यिनै विषयमा केन्द्रित रहेर नर्भिक अस्पतालकी सिनियर क्लिनिकल एण्ड ब्यारियाट्रिक न्युट्रिसनिस्ट डाक्टर प्रणिती सिंहसँग गरिएको कुराकानी :

आधुनिक फास्टफुड संस्कृतिले नेपाली युवाको स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ ?

Advertisement:

Ad
Ad


आधुनिक फास्टफुड संस्कृतिले नेपाली युवाको स्वास्थ्यमा गहिरो र नकारात्मक प्रभाव पारिरहेको छ । सहरीकरण, व्यस्त जीवनशैली र सजिलो उपलब्धताका कारण युवाहरूमा फास्टफुडप्रतिको आकर्षण तीव्र रूपमा बढेको छ ।फास्टफुडमा प्रायः उच्च मात्रामा बोसो, नुन र चिनी हुन्छ, जसले दीर्घकालीन रूपमा मोटोपना, उच्च रक्तचाप, मुटुरोग र मधुमेहजस्ता समस्याको जोखिम बढाउँछ । नियमित रूपमा यस्ता खानेकुरा सेवन गर्दा शरीरलाई आवश्यक पोषक तत्व (जस्तै भिटामिन, खनिज र फाइबर) को कमी हुन सक्छ । यसले मानसिक स्वास्थ्यमा पनि असर पार्न सक्छ। असन्तुलित आहारले थकान, चिडचिडापन र ध्यान केन्द्रित गर्न कठिनाइजस्ता समस्या निम्त्याउन सक्छ । साथै, जंकफुडप्रतिको लतले स्वस्थ खाने बानीलाई कमजोर बनाउँदै घरमा बनेका खानाहरुमा अरुची बढ्न थाल्छ । 

 

दैनिक दाल, भात र तरकारीको खानपानले पोषणको आवश्यकता पर्याप्त हुन्छ कि थप केही आवश्यक हुन्छ ? भिटामिन वा सप्लिमेन्ट कत्तिको आवश्यक हुन्छ?


दैनिक दाल, भात र तरकारीको खानपानले धेरैजसो आधारभूत पोषण आवश्यकता पूरा गर्न सक्छ, किनकि यसमा कार्बोहाइड्रेट (भात), प्रोटिन (दाल) र केही भिटामिन तथा खनिज (तरकारी) पाइन्छ । तर, यो मात्र खाएर सबै पोषक तत्व सधैं पर्याप्त मात्रामा पाइन्छ भन्ने निश्चित हुँदैन । फलफूल नखाएमा भिटामिन जस्तै भिटामिन सीको कमी हुन सक्छ । मासु, अण्डा वा अन्य प्रोटिन स्रोत नखाएमा प्रोटिन तथा भिटामिन बी १२ को कमी हुन सक्छ । खानामा पर्याप्त विविधता नभएमा सूक्ष्म पोषक तत्व (mष्अचयलगतचष्भलतक) अपुग हुन सक्छ ।यदि आहार विविध र सन्तुलित छ भने सामान्यतया सप्लिमेन्ट आवश्यक पर्दैन । तर, कुनै विशेष कमी, रोग, गर्भावस्था वा डाक्टरको सिफारिसमा मात्र सप्लिमेन्ट लिनु उपयुक्त हुन्छ ।

 

शरीरको तौल घटाउन इन्टरनेटमा देखिने डाइट ट्रेन्डहरू जस्तैः किटो र इन्टरमिटेन्ट फास्टिङ कत्तिको भरपर्दा छन् ?


किटो डाइट र इन्टरमिटेन्ट फास्टिङ केही अवस्थामा उपयोगी हुन सक्छन् । केही अनुसन्धानअनुसार यी विधिहरूले तौल घटाउन, ब्लड सुगर नियन्त्रण गर्न र बोसो घटाउन मद्दत गर्न सक्छन् ।तर, गलत तरिकाले अपनाउँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।किटो डाइटमा मूख्य गरी पोषक तत्वकोे कमी, पाचन समस्या, किड्नी स्टोन, फ्याटी लिभर र उच्च कोलेस्ट्रोल जस्ता जोखिम रहेका छन् । त्यस्तै इन्टरमिटेन्ट फास्टिङका जोखिमहरूमा ग्यास्ट्रिक, एसिडिटी, अल्सर बिग्रिने तथा ब्लड सुगर असन्तुिलन हुन सक्ने सम्भावना रहन्छ । त्यसैले, यस्ता डाइट अपनाउँदा विशेषज्ञको सल्लाह र निगरानीमा लिनु उपयुक्त हुन्छ । सबैभन्दा सुरक्षित उपाय भनेको सन्तुलित, विविध र नियमित खाना तथा व्यायाम हो ।

 

त्यसो भए तौल घटाउन वा बढाउन सुरक्षित र प्रभावकारी तरिका के हो ?


सबैलाई एउटै तरिका उपयुक्त नहुन सक्छ, तर केही सामान्य सिद्धान्तहरू छन्।तौल घटाउने सुरक्षित तरिकामा सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निद्रा र तनावमुक्त हुनु उपयुक्त मानिन्छ । त्यस्तै गरी प्रोसेस्ड खाना कम गर्ने,क्यालोरी नियन्त्रण गर्ने र सक्रिय जीवनशैली अपनाउने गर्नुपर्छ । तौल बढाउने सुरक्षित तरिकामा पोषणयुक्त खाना बढाउने, दिनमा धेरै पटक सानो–सानो भोजन गर्ने, मांसपेशी बढाउने व्यायाम गर्ने र जंकफुड बर्जित गरी शरीरले खर्च गर्नेभन्दा बढी क्यालोरी लिन सकिन्छ । 


क्रयास डाइट के हो यसमा कत्तिको जोखिम छ ?
क्रयास डाइट (ऋचबकज म्ष्भत) भनेको छिटो तौल घटाउने उद्देश्यले अत्यन्त कम क्यालोरी खाने, खानाका थोरै परिकारमात्र खाने अझ भनौँ कठोर रूपमा खानपान सीमित गर्ने डाइट विधि हो । यसमा सामान्यतया मानिसले दैनिक आवश्यकताभन्दा धेरै कम खाना खान्छन् जसले छोटो समयमा तौल घटाउन सक्छ । तर यो तरिका दिगो र स्वस्थ मानिँदैन यसलाई  स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ । यसले पोषणको कमी गराउने, कपाल झर्ने, छाला बिग्रिने, मेटाबोलिज्म सुस्त हुने र मांसपेशी घट्ने जस्ता समस्या ल्याउन सक्छ ।डाइट छोडेपछि तौल झन् छिटो बढ्न सक्छ । दीर्घकालमा यसले कुपोषण, एनेमिया र भबतष्लन मष्कयचमभचक जस्ता समस्या निम्त्याउन सक्छ ।

किन धेरै मानिसहरूले डाइट सुरु गरे पनि निरन्तरता दिन सक्दैनन् ?

डाइट सुरु गरे पनि निरन्तरता दिन नसक्नुको मूख्य कारणहरूमा छिटो नतिजा खोज्नु,कडा नियममा बाँधिइनुपर्ने, अत्यधिक क्यालोरी कटौती, व्यस्त जीवनशैली, तनाव र शरीरको प्राकृतिक प्रतिक्रिया लगायत रहेका छन् । धेरैजसो मानिसहरूले डाइटलाई छोटो समयमै तौल घटाउने या बढाउने प्रयोजनका लागि मात्र लिन्छन् तर यसलाई जीवनशैली परिवर्तनका रूपमा लिन सक्दैनन् ।


इमोसनल इटिंग के हो र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?


वास्तविक भोकका कारण नभई समय कटाउन कुनै मनमा उत्पन्न भावना दबाउन खाना खानु नै इमोसनल इटिंग हो । यसलाई नियन्त्रण गर्न भोक र भावना छुट्याउने, कारक पहिचान गर्ने, वैकल्पिक गतिविधि अपनाउने, तनाव व्यवस्थापन गर्ने उपायहरू प्रभावकारी हुन सक्छ ।