आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

२०८१ कात्तिक २३ गते

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

काठमाडौं । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै छ । विमानस्थलन स्तरोन्नतिका क्रममा ट्याक्सीवे विस्तार गर्न दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले विमानस्थलको स्तरोन्नति गर्नका लागि विमानस्थल बन्द गर्नु परेको जनाएको छ । शुक्रबारबाट करिब ५ महिनासम्म विमानस्थल विस्तार हुने भएकोले यो अवधिमा हाल उडान गरिरहेको आन्तरिक वायुसेवाको कम्तिमा ३० प्रतिशत उडान कतौती हुने भएको छन् ।

Advertisement:

Ad
Ad

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिव ५ महिना लाग्ने क्यानले जनाएको छ । हिउँदमा तुलनात्मक रुपमा कम उडान हुने हुँदा काम थालनी गरिएको क्यानको प्रष्टिकरण छ ।