आजबाट एमडीएमएसमा दर्ता नभएको मोबाइल नचल्ने,कसरी पत्ता लगाउने आफ्नो मोबाइल दर्ता भए नभएको ?

२०८० कात्तिक २० गते

आजबाट एमडीएमएसमा दर्ता नभएको मोबाइल नचल्ने,कसरी पत्ता लगाउने आफ्नो मोबाइल दर्ता भए नभएको ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार (आज)बाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गरेको छ ।

एमडीएमएस लागु भएसँगै दर्ता नभएका तथा अवैध र गैरकानुनी रुपमा भित्रिएका मोबाइलहरु चल्न बन्द हुनेछन् ।दूरसञ्चार प्राधिकरणकाअनुसार एमडीएमएस प्रणाली लागु भएसँगै दर्ता नभएका मोबाइल फोनहरुमा नेपालका कुनै पनि सिमकार्डहरु चल्ने छैनन् ।

Advertisement:

Ad
Ad

प्राधिकरणले कात्तिक १९ गतेसम्मको समयसिमा तोक्दै एमडीएमएस प्रणालीमा फोनहरु दर्ता गर्न भनेको थियो । अब दर्ता नभएका फोनहरुमा सिम कार्ड नचल्ने तथा मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

एमडीएमएसमा दर्ता नभएका १ लाख रुपैयाँ भन्दा बढी मूल्यका मोबाइलहरु आजबाट बन्द गर्न थालिने प्राधिकरणले जनाएको छ।

आईफोन, स्यामसंग, वानप्लसजस्ता फोनहरु दर्ता नभएको भए त्यसमा आजबाट क्रमैसँगै कुनै पनि सिमकार्ड चल्न छैनन्। प्राधिकरणले प्रणालीमा दर्ता नभएका फोनहरुलाई दैनिक रुपमा ब्लक गर्दै जाने जनाएको छ ।

प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छरछैन भनेर हेर्नका लागि भने एमडीएमएस प्रणालीको आधिकारिक वेबसाईटमा फोनको आईएमईआई नम्बर राखेर हेर्न सक्नेछन् ।

आफ्नो फोन एमडिएमएसमा दर्ता भएको छ छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np  मा गएर हेर्न सकिन्छ । यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#६# डायल गरेर पत्ता लगाउन सकिन्छ ।

अथवा मोबाइल नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ ।