आज तरकारीको मूल्य कति छ ?

२०८१ कात्तिक ३० गते

आज तरकारीको मूल्य कति छ ?

काठमाडौ । कालिमाटी तरकारी थोक बजारमा शुक्रबार ठूलो गोलभेडा औषत ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । यस्तै सानो लोकल गोलभेडा औषत ५८.३३ रुपैयाँ, टनेलको सानो गोलभेडा ८९ रुपैयाँ, रातो आलु ७५ रुपैयाँ, सेतो आलु ५९ रुपैयाँ र प्याज १२२.३३ रुपैयाँमा बिक्रि भइरहेको छ । गाजर १४५ रुपैयाँ, बन्दा लोकल ५७.६७ रुपैयाँ , काउली स्थानीय ९५ रुपैयाँ, काउली तराई ८५ रुपैयाँ प्रतिकेजीमा बिक्रि भइरहेको छ । सेतो मुला ३५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ५५, तने बोडी १४५, मटरकोशा १५५ र घिउ सिमी ९५ रुपैयाँ प्रतिकिलो मूल्य रहेको कालिमाटी तरकारी थोक बजारले जनाएको छ । यसैगरी टाटे सिमी ८५ रुपैयाँ, तिते करेला ७५ रुपैयाँ औषत, लौंका ५५ रुपैयाँ, परवर ६५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ६५ रुपैयाँ, फर्सी पाकेको ३५ रुपैयाँ, फर्सी हरियो (लाम्चो) ३५ रुपैयाँ, हरियो फर्सी(डल्लो) ४५ रुपैयाँ रहेको छ । यस्तै भिण्डी औषत ७५ रुपैयाँ , बरेला ३५ रुपैयाँ र पिडालु ६५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

Advertisement:

Ad
Ad