२०८३ असार ०७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका लागि चितवन पुगेका पार्टीका बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन साह चितवन शक्तिखोरमा रहेको लटौली सेन्चुरी रिसोर्टमा बस्ने भएका छन् । कालिका नगरपालिका-९ शक्तिखोरस्थित पाँच तारे रिसोर्ट लटौलीमा प्रधानमन्त्री शाह पत्नी छोरी सहित ४ दिन अर्थात असार ११ गतेसम्म बस्ने भएका हुन् । होटलका अनुसार उक्त कोठा ४ दिनको लागि बुक गरिएको छ ।
प्रधानमन्त्री बस्ने उक्त रिसोर्टको कोठाको मूल्य प्रति रात २२५ डलर रहेको छ । गत वैशाखदेखि सञ्चालनमा आएको उक्त रिसोर्टमा कूल १६ वटा कोठा छन् । स्रोतका अनुसार ती सबै कोठा असार ११ गते दिउँसोसम्मका लागि बुक छन् । सबैभन्दा सस्तो कोठाको मूल्य प्रतिदिन १९ हजार ५ सय छ । कोठाको प्रकृतिअनुसार मुल्य फरक फरक रहेको बताइन्छ ।
प्रधानमन्त्री बस्ने भएपछि उक्त रिसोर्टमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारीहरुलाई प्रधानमन्त्री परिवारको फोटो तथा भिडियो खिच्न निषेध गरिएको छ ।
प्रतिक्रिया