हिमालयन बैंकको नाफामा १० गुणाभन्दा बढी छलाङ, खुद नाफामा सुधारसँगै ईपीएस पनि बढ्यो

२०८३ साउन २९ गते

हिमालयन बैंकको नाफामा १० गुणाभन्दा बढी छलाङ, खुद नाफामा सुधारसँगै ईपीएस पनि बढ्यो

काठमाडौं । हिमालयन बैंक लिमिटेडको नाफामा ऐतिहासिक उछाल आएको छ। बैंकले शुक्रबार सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा १,०४१.१६ प्रतिशतले बढेको देखिएको हो ।

 

Advertisement:

Ad
Ad

विवरणअनुसार गत असार मसान्तसम्म बैंकले १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १२ करोड ९७ लाख रुपैयाँ मात्रै थियो। यसरी हेर्दा बैंकको नाफामा एकै वर्षमा १० गुणाभन्दा बढीको वृद्धि भएको देखिन्छ।

 

यद्यपि, नाफामा आएको सुधारसँगै बैंकको मुख्य आम्दानी स्रोत भने कमजोर बनेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७४ प्रतिशतले घटेर १० अर्ब ४५ करोड ५६ लाख रुपैयाँबाट ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा झरेको छ।

 

नाफामा उल्लेख्य सुधार देखिए पनि समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १५.७४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १० अर्ब ४५ करोड ५६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा सीमित भएको छ।

 

त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी पनि ११.०३ प्रतिशतले घटेर ११ अर्ब १४ करोड १ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष १२ अर्ब ५२ करोड १५ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको सञ्चालन मुनाफा पनि २३.६० प्रतिशतले घटेर २ अर्ब ६२ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ४३ करोड ७४ लाख रुपैयाँ रहेको थियो।

 

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस)मा सुधार आएको छ। अघिल्लो वर्ष जम्मा ०.६० रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा बढेर ६.५६ रुपैयाँ पुगेको छ। समिक्षा अवधिमा बैंकको खराब कर्जा भने ७.९६ प्रतिशत रहेको छ।

 

चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको बैंकको निक्षेप संकलन १३.७२ प्रतिशतले बढेर ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १.२४ प्रतिशतले घटेर २ खर्ब २७ अर्ब ७७ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ।