रवि र बालेनलाई सिके राउतको सुझाव : हावा कसैको पनि हुँदैन,जनता पनि त्यस्तै हुन्

२०८३ असार ०७ गते

रवि र बालेनलाई सिके राउतको सुझाव : हावा कसैको पनि हुँदैन,जनता पनि त्यस्तै हुन्

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले रास्वपाले पाएको अपार जनमतले दिएको अवसरलाई खेर नफाल्न सचेत समेत गराएका छन् ।

 

Advertisement:

Ad
Ad

रास्वपाको महाधिवेशनमा उपस्थित भएर शभकामना दिने क्रममा उनले उदाहरण दिँदै जनता र हावामा समानता रहेको बताएका छन् । उनले रास्वपालाई शुभकामना दिँदै भने, 'हावा कसैको पनि हुँदैन । बेलुनमा भरेको हावामा सियोले प्वाल पार्दा त्यो बाहिर निस्कन्छ ।'

 

उनले प्रधानमन्त्री बालेनलाई फरक प्रकारको नेता बताए भने अध्यक्ष लामिछानेलाई त्यागी नेताको संज्ञा दिए । उनले भने, 'संघीयतालाई बल दिने कुरा पूरा गर्नुहोस् ।'

 

उनले आफू रास्वपाको कुनै प्रतिस्पर्धी नभएको सहयात्रीको रुपमा उपस्थित भएको बताए ।