२०८१ कात्तिक २६ गते
काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गौडलभेडाको औषत मूल्य प्रतिकेजी ९५ रुपैयाँ कायम भएको छ । भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य प्रतिकेजी ९० रुपैयाँ र अधिकतम एक सय रुपैयाँ तोकिएको छ । यस्तै लोकल सानो गोलभेडा ८० रुपैयाँ देखि १०० रुपैयाँसम्म रहेको छ । टनेल गोलभेडा भने प्रतिकेजी १३५ रुपैयाँसम्म बिक्रि भइरहेको छ ।
रातो आलु अधिकतम ८० रुपैयाँ सम्म रहेको छ भने भारतीय आलु ७० रुपैयाँ सम्म मूल्य रहेको छ । सेतो आलु भने ६३ रुपैयाँ प्रतिकेजी रहेको छ । रातो मुला ४० रुपैयाँ सम्म र सेतो मुला ५० रुपैयाँ प्रतिकेजीसम्म बिक्रि भइरहेको कालीमाटी फलफुल तथा तरकारी विकास समितिले बताएको छ । खुर्सानी हरियो ८० रुपैयाँ, लसुन हरियो २५० रुपैयाँ र सुकेको लसुन अधिकतम ३३० रुपैयाँसम्ममा विक्रि भइरहेको छ । भिण्डि १००, फर्सी ४०, रायोको साग ६० रुपैयाँ प्रतिकेजी, घिउसिम १२०, टाटेसिमी ९० रुपैयाँ र तनेबोडी १३० रुपैयाँ सम्म रहेको छ ।


प्रतिक्रिया